नयाँ निर्माण गरेको सरकारले स्थानीय निकायको निर्वाचनका लागि पहल थालेको छ । दैलेखका कतिपय स्थानहरुमा विभिन्न संघ संस्थामा काम गर्दै महिलाहरुका आवाज उठाउँदै आएका महिलाहरुले अहिले स्थानीय चुनावमा आफुहरु प्रतिस्पर्धा गर्ने बताईरहेका छन् । विगदेखि विभिन्न समस्याहरुमा आफ्ना आवाजहरु बाहिर ल्याउन नसकेका महिलाहरुले अवको स्थानीय चुनावमा आफ्नो कडा प्रतिस्पर्धा हुने बताए । महिलाहरुले यसो भनि रहँदा महिलाहरुमा देखिएको परिवर्तनलाई केही हदसम्म राम्रो मान्न सकिने अवस्था देखिएको छ । कुरा निकै धेरै हुने र व्यवहारमा पुरुषहरुले यसको कार्यान्वय गर्न नसक्ने समस्या अहिलेपनि विद्यमान देखिएको छ । जिल्लामा यसअघि सम्पन्न भएको संविधान सभाको चुनावका बेलामा समेत महिलाहरुले कुनै स्थान पाउन सकेनन् । यसपालिको स्थानीय निर्वाचनमा पनि स्थानीय स्तरमा आफुहरुले केही गर्र्छौ भनेका महिलाहरुलाई पुरुषहरुले स्थान दिन तयार हुन्छन् या हुँदैनन् त्यो भने हेर्न बाँकी नै छ ।
यदी पुरुषहरुले सहजै नेतृत्व हस्तान्तरण गरे भने त्यसले केही हदसम्म भएपनि सफलता पाउने देखिन्छ । नत्र पुरानै अवस्था बाहेक अरु केही हुनेवाला छैन् ।





